चितवन २ मा ९६२ मतान्तरसहित लामिछानेको अग्रता कायमै


चितवन – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन् । पछिल्लो मतपरिणाअनुसार लामिछानेले ५१२८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेल ४१६६ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । यस क्षेत्रमा कांग्रेसका उमेश श्रेष्ठ ३७०६ मतसहित तेस्रो स्थानमा छन् ।

जिल्लाका तीनै निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहेका छन् । उनले छ हजार दुई सय ६७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले पाँच हजार तीन सय ९९ मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्वनाथ पौडेलले पाँच हजार दुई सय ९५ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । उनले चार हजार सात सय ७४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले चार हजार मत प्राप्त गरेका छन् । गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका डा भोजराज अधिकारीले तीन हजार आठ सय २७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले तीन हजार एक सय ७५ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो क्षेत्रमा ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए ।

प्रतिक्रिया