ओखलढुंगामा रामहरिको अग्रता, प्रदेशमा पनि गठबन्धकै उम्मेदवार अगाडि


ओखलढुंगा – ओखलढुंगामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाले अग्रता लिएका छन् । उनले नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारको भन्दा ७२२ मत बढी ल्याएका छन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार खतिवडाले ४ हजार ३ सय ९४ मत ल्याएका छन् भने सुनुवारको ३ हजार ६ सय ७२ मत छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यस्तै, २ निर्वाचन क्षेत्र रहेको प्रदेशसभातर्फ पनि गठबन्धनकै उम्मेदवार अगाडि रहेका छन् । आयोगले दिएको पछिल्लो जानकारीअनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका नेता प्रदीप सुनुवारले अग्रता लिएका छन् । सुनुवारले ७ हजार ७ सय ६८ मत पाएका छन् । उनलाई एमाले उम्मेदवार अम्बिरबाबु गुरुङले पछ्याइरहेका छन् । गुरुङले ६ हजार १ सय ६० मतसहित पछ्याइरहेका छन् ।

यस्तै, प्रदेश २ बाट गठबन्धनको तर्फबाट माओवादी नेता बाबुराम गौतम उम्मेदवार बनेका छन् । गौतमले ५ हजार ६ सय २८ मत पाएका छन् । गौतमलाई पछ्याइरहेका एमाले उम्मेदवार ज्ञानबहादुर खड्काले ५ हजार ४ सय ४३ मत पाएका छन् ।

प्रतिक्रिया