एमालेका विष्णु पौडेलविरुद्ध घन्टीका गणेश पौडेल निरन्तर अगाडी


रुपन्देही — रुपन्देही क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले लगातार अग्रता लिएको छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेको उक्त क्षेत्रमा स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ सय ४४ मत ल्याएका छन् भने एमाले उपाध्यक्ष पौडेले १९ सय ४४ मत ल्याएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार केशवबहादुर थापा मगरले १४ सय ६१ मत ल्याएका छन्। यो क्षेत्रमा स्वतन्त्र पार्टीका पौडेलले सुरूदेखि नै अग्रता लिइरहेका छन्।

प्रतिक्रिया