
गोरखा–२ मा प्रचण्डको फराकिलो अग्रता, घन्टी दोस्रो एमालेका मियाँ तेस्रो
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा निर्वाचन क्षेत्र नम्बर–२ मा फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।
प्रतिनिधिसभा सदस्यतर्फ हालसम्म सार्वजनिक मतगणनाअनुसार प्रचण्डले तीन हजार ७८५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार कवीन्द्र बुर्लाकोटीले ९३५ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार अब्दुस मियाँ ८६४ मतसहित तेस्रो स्थानमा छन् ।



कागजपत्र |
