

रुपन्देही- २ मा विष्णु पौडेललाई पछि पारे गणेश पौडेलले

बुटवल – रुपन्देही-२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
घण्टी चिन्हका गणेश पौडेलले तीन सय मत गणना गर्दा एक सय २६ मत प्राप्त गरेका छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने ८३ मत प्राप्त गरेका छन् ।
यसैगरी, गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

