

काठमाडौं-१ : प्रकाशमानलाई ११४ मतले पछि पार्दै रविन्द्र मिश्रले लिए अग्रता

काठमाडौं – काठमाडौं–१ को जारी मतगणनामा नेपाली कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् ।
मतमगणनाको सुरुवाती अग्रता लिएका सिंहलाई ११४ मतले पछि पार्दै रविन्द्र मिश्र अघि लागेका हुन् । पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् ।
यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् ।

