
कांग्रेसले खोल्यो मनाङबाट जितको ढोका
काठमाडौं – मनाङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।
७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन् । उनले नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचनलाइ पराजित गरेका हुन् ।
गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन ३ हजार ७८ मतमा रोकिएका छन् ।
गाैचन कांग्रेस नेता रोमी गाैचन थकालीका छोरा हुन् । मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।



कागजपत्र |
