

काठमाडौंमा ५४ प्रतिशत मत खस्यो

काठमाडौं – काठमाडौंमा कुल ५४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले ५४ प्रतिशत मत खसेको अनुमान गरिएको बताए ।
मत गणना भने कहिलेबाट भन्ने निर्णय सर्वदलीय बैठकबाट हुने उनले बताए ।
‘५४–५५ प्रतिशत मत खसेको छ,’ उनी भन्छन्, ‘मतपेटिका कतिबेला आइसक्छ । १–२ घण्टाभित्र आइसक्यो, सर्वदलीय बैठकमा अहिले बस्ने भन्ने सहमति भए आजै हुन्छ । नभए भोलिबाट हुन्छ ।’

