

बाजुराको स्वामिकार्तिकमा मतपेटिका जलाइयो, मतदान स्थगित

बाजुरा – बाजुराको एक मतदान केन्द्रमा मतपेटिकामा आगजनी गरिएको छ ।
जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ स्थित भगवती आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामै आगजनी गरिएको हो ।
प्रहरीका अनुसार प्रदेश सभा समानुपातिक तर्फको क्षेत्र नम्बर (१) केन्द्रमा मतदान भइरहेको बेला मतपेटिकामा आगजनी भएको हो । कसले आगजनी गर्यो भन्नेबारे भने प्रहरीले खुलाएको छैन ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार मतपेटिकामा आगो लगाइएपछि सो मतदान केन्द्रमा अहिले मतदान कार्य रोकिएको छ ।

