

४०० ले उकालो लाग्यो सुन, यस्तो छ आजको भाउ

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मुल्य ४०० रुपैयाले उकालो लागेको छ । छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो । आज (मंगलबार) छापावाला सुन तोलामा ४०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको छ ।
यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा५ रुपैयाले घटेको छ । तोलामा एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

