

अमला भित्रको दानाको सेवनले आँखादेखि छालाको समस्यालाई टाढा राख्छ

काठमाडौं – आयुर्वेदमा अमलाको निकै महत्व छ । नियमित रुपमा अमलाको सेवन गर्दा निकै गम्भीर रोगबाट पनि बच्न सकिन्छ । अमला भिटामिन सी र एन्टिअक्सिडेन्ट गुण भरिपूर्ण हुन्छ । यतिमात्रै होइन, अमलामा क्याल्सियम, पोटासियम, क्यारोटिन, आइरन, फाइबर, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन ए र बीजस्ता थुप्रै पोषक तत्व पाइन्छ ।
अमलाको कुनै पनि रुपमा सेवन गर्दा यसले शरीरलाई फाइदा पुर्याउँछ । आयुर्वेदमा अमला, भित्रको दाना, पात र बोक्रा, जराको प्रयोग गरिन्छ । अमला भित्रको दानाको सेवन गर्नु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आउनुहोस्, अमला भित्रको दानाका के–कस्ता फाइदा छन्,
त्यसबारे जानकारी लिऔंः
आँखाका लागि फाइदाजनकः
आँखाको समस्यालाई टाढा राख्न अमला भित्रको दाना निकै फाइदाजनक हुन्छ । यसको सेवनले तपाईंको आँखा चिलाउने, पोल्ने, रातो हुने समस्यालाई टाढा राख्छ । अमलाभित्रको दानालाई पिसेर नियमित रुपमा पानीमा मिसाएर खाँदा तपाईंको आँखा स्वस्थ हुनेछ । यसका साथै अमलाको रस आँखामा हाल्दा आँखाको ज्योति राम्रो हुन्छ ।
पित्तको पत्थरीबाट छुटकारा पाइन्छः
थुप्रै अनुसन्धानमा यो पनि खुलासा भएको छ कि अमला भित्रको दानाको सेवनले मृगौला, पित्त र पिसाब थैलीको पत्थरीबाट छुटकारा पाउन सकिन्छ । यसको दानाबाट तयार चूर्ण स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । पिसाब थैलीको पत्थरीमा हुने समस्याबाट पार पाउनका लागि यो निकै नै असरदार साबित हुनसक्छ ।
छालाका लागि फाइदाजनकः
छालाका लागि पनि अमला भित्रको दानाले तयार पारिएको चूर्ण निकै फाइदाजनक हुन्छ । यसको प्रयोगले छालामा हुने दाद वा एलर्जीको समस्याबाट छुटकारा पाउन सकिन्छ । अमलाको दानाबाट तयार गरिएको चूर्णलाई नरिवलको तेलमा मिसाएर लगाउँदा छालामा निखार आउँछ । यसको प्रयोगले छालामा हुने संक्रमणबाट पनि राहत दिन्छ । यो पेस्टलाई केही दिनसम्म छालामा लगाउँदा छालाको सबै समस्या टाढा हुनेछ ।
पित्त दोषको समस्या हराउँछः
आयुर्वेदका अनुसार अमलाको दानाको प्रयोगमार्फत् ज्वरो र पित्तको समस्यालाई टाढा राख्न सकिन्छ । यसको सेवनले प्यास शान्त हुन्छ । यसले रुघा–खोकीको समस्यालाई पनि टाढा राख्छ । प्रतिरोधी क्षमता वृद्धि गर्न र फोक्सोलाई बलियो बनाउन अमला भित्रको दाना निकै फाइदाजनक हुन्छ ।

