संघीय सरकारका सवारी विद्युतीय मात्रै चलाउने बाइडेनको घोषणा


न्यूयाेर्क – अमेरिकी राष्ट्रपति जो बाइडेनले संघीय सरकारका ट्रक, कार, हेभिट्रकलगायतका सबै सवारी विद्युतीयमा रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले सबै गाडी अमेरिकामै उत्पादन हुनुपर्ने समेत बताएका छन् । यसले अटो उत्पादन र सप्लाई च्यानलमा दश लाख रोजगारी सिर्जना गर्ने समेत बताइएको छ ।

यसअघि बाइडेनले मेड इन अमेरिका कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् । जसअनुसार संघीय सरकारभित्र प्रयोग हुने हरेक समान या त पूरै अमेरिकामा बनेको या त्यसको कुनै भाग अमेरिकामा बनेको हुनुपर्नेछ । यसले चिनियाँ उत्पादनलाई बढी महत्वदिने बाइडेनको भनाइ छ ।

संघीय सरकारका सबै सवारी विद्युतीय मात्रै प्रयेग गर्ने बाइडेनको यो कदमले अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनीहरुलाई प्रोत्साहन दिने देखिएको छ । एजेन्सी

प्रतिक्रिया