भक्तपुरमा ट्यांकर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


भक्तपुर – भक्तपुरको भक्तपुर नगरपालिका–१ नगरकोट मोडस्थित जय नेपाल चोकमा पानी ट्याङ्ककरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती प्रदेश–०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकलका चालक २६ वर्षीय साजन दुवारी छन् । उनी थिमी नगरपालिका–१ लोकन्थली बस्दै आएका थिए । ​

दुवारीले चलाएको मोटरसाइकल अनियन्त्रित भएर कालोपाटीबाट सल्लाघारीतर्फ आउँदै गरेको बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करसँग ठोक्किएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले बताए ।

मोटरसाइकलमा सवार झापा घर भएका २३ वर्षीय अनिल शाह घाइते छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्ककर चालक ब्यासी बस्ने २८ वर्षीय प्रविण सुवाललाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया