

भारतीय अर्बपति मुकेश अम्बानीले इंग्लिस क्लब लिभरपुल किन्न लागेका हुन्?

काठमाडौँ- भारतीय अर्बपति मुकेश अम्बानीले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल एफसी किन्न इच्छा देखाएका छन्। द रिलायन्स इन्डस्ट्रिजका प्रमुख अम्बानीले मध्यपूर्वी देश र अमेरिकाबाट क्लब किन्न चाहनेसँग प्रतिस्पर्धा गर्नुपरेको उल्लेख गरिएको द मिरर पत्रिकाले जनाएको हो।
लिभरपुल अहिले फेनवे स्पोर्ट्स ग्रुप होल्डिंग्स एलएलसीको स्वामित्वमा रहेको छ। फेनवे स्पोर्ट्सले क्लब ४ अर्ब पाउन्ड स्टर्लिङमा बेच्न चाहेको छ। अम्बानीले अहिले इन्डियन प्रिमियर लिग क्लब मुम्बई इन्डियन्सको स्वामित्व लिएका छन् भने भारतीय सुपर लिगमा सहयोग गरेका छन्।
फेन्वेले अहिले गोल्डम्यान स्याक ग्रुप इन्क र मोर्गान स्ट्यान्लेसँग क्रेताको इच्छाबारे बुझिरहेको बताइएको छ। उसले सन् २०१० मा ३० करोड पाउन्डमा उक्त क्लब किनेको थियो। हाल यसको मूल्य ५ अर्ब डलरभन्दा धेरै हुनसक्ने बताइएको छ।

