विश्वकप अघिको अन्तिम खेलमा पीएसजीको शानदार जित


काठमाडौँ- विश्वकप फुटवल अघिको अन्तिम खेलमा पेरिस सेन्ट जर्मनले शानदार जित दर्ता गरेको छ। फ्रेन्स लिग–१ को १५ औं चरणको खेलमा आइतबार साँझ पीएसजीले एक्जेरेलाई ५–० ले पराजित गरेको हो।

घरेलु मैदानमा पीएसजीका ५ खेलाडीले गोल गरे। खेलभर अक्जेरेमाथि पीएसजी पुरै हाबी भयो। प्रमुख खेलाडी लियोनल मेसी, नेयमार र एम्बाप्पेसहित मैदान उत्रिएको पीएसजीले ११ औं मिनेटमा अग्रता लिएको थियो। नुनो मेन्डीको पासमा एम्बाप्पेले गोल गरे।

 

प्रतिक्रिया