

हरेक दिन एक डिग्रीका दरले घट्दैछ काठमाडौँको तापक्रम

काठमाडौँ– दिनदिनै तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। एक हप्तायता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीले ओरालो लागिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस छ। हिजो उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस थियो। यसअघि शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो।
अहिले बिहान ८:४५ बजे महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। त्यसबेला काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम पनि अपडेट गरिनेछ।
हिजो शनिबारको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम तथा न्यूनतम तापक्रम यसप्रकार छ :

