
प्रिमियर लिगमा सिटी पराजित, आर्सनललाई ५ अंकको अग्रता
काठमाडौँ– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ। शनिबार भएको खेलमा ब्रेन्टफोर्डलाई जित दिलाउने क्रममा इभान टोनीले दुई गोल गरेका थिए। सिटीका लागि फिल फोडेनले एक गोल फर्काए पनि टोलीको हार भने टार्न सकेनन्।
त्यस्तै अर्को खेलमा आर्सनलले वुल्भ्समाथि २–० गोल अन्तरको जित हात पारेको छ। शनिबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा मार्टिन ओडेगार्डले दुई गोल गरेका थिए।
यससँगै लिगको शीर्षस्थानमा रहेको आर्सनलले दोस्रो स्थानको सिटीमाथि स्पष्ट ५ अंकको अग्रता कायम गरेको छ। आर्सनलले लिगमा अहिलेसम्म १४ खेलबाट ३७ अंक हात पारेको छ भने सिटीले समान खेलबाट ३२ अंक जोडेको छ।



कागजपत्र |
