त्रिभुवन विश्वविद्यालय मङ्सिर १ गतेदेखि बिदा


काठमाडौं – त्रिभुवन विश्वविद्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा विभिन्न क्याम्पस प्रयोग भएपछि मङ्सिर १ गतेदेखि नै बिदा दिने निर्णय गरेको छ।

शुक्रबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना सार्वजनिक गर्दै मङ्सिर १ गतेदेखि बिदा दिइएको जानकारी गराएका हुन् ।

क्याम्पस मतदान केन्द्रको रूपमा प्रयोग हुने र कर्मचारी निर्वाचनमा खटिनुपर्ने भएकाले मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा बिदा दिने निर्णय भएको उनको भनाइ छ।

प्रतिक्रिया