

अभिनेत्री मनीषा कोइराला राप्रपाको चुनावी सभामा सहभागी

काठमाडौं – अभिनेत्री मनीषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी सभामा सहभागी भएकी छन् ।
शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित सो पार्टीको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सभामा अभिनेत्री कोइराला सहभागी भएकी हुन् ।
बलिउडमा ख्याति कमाएकी अभिनेत्री कोइराला अहिले भर्खरै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको साथमा सो कार्यक्रममा सहभागी भएका छन् ।
नेपाली कांग्रेसका संस्थापक एवम् नेपालको पहिलो नवनिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको छ ।
यसअघि आजै अभिनेत्री कोइरालाले पोखरामा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै बीपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताएको थियो ।

