
जिल्ला अदालतको आदेशविरुद्ध पल शाहले दिए उच्चमा पुनरावेदन
काठमाडौं – अभिनेता (पूर्णविक्रम शाह) पल शाहले अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका छन् ।
नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका हुन् ।
जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै शुक्रबार उच्च अदालतमा निवेदन दर्ता गराएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए । मुद्दाको दर्ता नम्बर दर्ता ०७९—सीएस—०३१२ रहेको छ ।
नाबालिकामाथि बलात्कारको आरोप लागेका शाहलाई नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
सोही प्रकृतिको मुद्दामा तनहुँ जिल्ला अदालतमा भने शाहको मुद्दा विचाराधीन छ । उनी हाल तनहुँ कारागारमा छन् ।



कागजपत्र |
