
प्राकृतिक विपत्तिबाहेक कुनै पनि हालतमा पुनः मतदान हुने अवस्था सिर्जना आउनहुँदैनः प्रमुख आयुक्त थपलिया
चितवन – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरुलाई विशेष प्रशिक्षण दिएका छन् ।
प्रमुख आयुक्त थपलियाले चितवन जिल्लाको क्षेत्र नं. ३ मा खटिएका मतदान अधिकृतहरुलाई निर्वाचनको मर्यादाभित्र रहेर निर्वाचन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
चितवनको क्षेत्र नं. ३ स्थित कृषि क्याम्पस रामपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आयोजित एक कार्यक्रममा चितवन जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको पनि उपस्थिति रहेको थियो ।
उक्त अवसरमा प्रमुख आयुक्त थपिलयाले निर्वाचनमा खटिएका मतदान अधिकृतहरुलाई आयोगबाट खटिएका कर्मचारीले निर्वाचन निष्पक्ष र विवादरहित तरिकाले सम्पन्न गर्नुपर्ने जनाउँदै त्रुटीरहित तवरले निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
उक्त अवसरमा थपलियाले प्राकृतिक विपत्तिमा बाहेक अन्य अवस्था कुनै पनि हालतमा पुनः मतदानको अवस्था आउन नहुने बताउँदै त्यसका लागि आवश्यक सम्पूर्ण सावधानी अपनाउन निर्देशन दिए ।



कागजपत्र |
