झापा–३ मा लोकतन्त्रबादी र राजाबादीबीच चुनाव हुँदैछ : सिटौला


काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आगामी मंसिर ४ गते झापा क्षेत्र नम्वर ३ मा लोकतन्त्रबादी र राजाबादीबीच चुनाव हुन लागेको बताएका छन् ।

झापा क्षेत्र नम्वर ३बाट संघीय संसदको सदस्यमा उम्मेदवारी दिएका नेता सिटौलाले सोमबार झापाको भद्रपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने, ‘यो क्षेत्रमा लोकतन्त्रबादी र राजाबादीबीच चुनाव हुने हुँदा विश्वको ध्यान यता तानिएको हो ।’

नेता सिटौलाले आफुलाई गणतन्त्र र लोकतन्त्रको हिमायती भन्ने एमालेले राज संस्थाको वकालत गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई बोकेर हिडेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न ५ बर्षमा कुनै काम नभएको भन्दै संविधानले दिएको अधिकार सबै क्षेत्रको जनतालाई दिन नसकिएको बताए ।

‘संविधानको भावनाअनुसार विगतको सरकारले काम गर्न सकेन । जनताले अपेक्षा गरे अनुसार शिक्षा, स्वास्थ्य ऐन आउन नसक्नु किसान, श्रमिकहरुको लागि विशेष ऐन आउन नसक्नु सरकारको कमजोरी हो’, सिटौलाले भने ।

सिटौलाले शान्ति प्रक्रिया, संविधान निर्माण, २०४६ देखिका सवै आन्दोनमा महत्वपुर्ण सहभागिता र भूमिका खेल्दा पनि आफुले राजावादीसँग चुनाव हार्नु परेको जनाउँदै परिवर्तनको लडाईँमा सँग सँगै ँिहडेका एमालेले आफुलाई हराउन राजाबादीलाई काधमा राखेर हिडेको भन्दै आश्यचइ प्रकट गरे ल।

उनले लोकतन्त्र र प्रेस स्वतन्त्रता माथिको प्रहारलाई रोक्न संचारकर्मीहरुको महत्वपुर्ण भूमिका भएकाले सहि सूचना विश्लेषण गरि राजाबादीहरुको मुकुण्डो जनतासामु ल्याउनु पर्नेमा जोड दिए ।

निवर्तमान सांसद लिङ्देनप्रति लक्षित गर्दै नेता सिटौलाले भने, ‘एमालेको साथ लिएर निर्वाचित सासदका कारण बिकास निर्माण र राष्ट्रिय योजनाबाट शुन्य भएको यो क्षेत्रको बिकासका लागि समेत आफुलाई सबै गणतन्त्रबादीहरुले मतदान गर्नेमा आफु विश्वस्त रहेको छु ।’

लोकतन्त्रको रक्षा र प्रेस स्वतन्त्रताको लागि पनि आगामी निर्वाचनमा पत्रकारहरुले आफुलाई सहयोग गर्नु पर्ने भन्दै उनले निर्वाचनपछि देशमा दिगो बिकास र शान्ति हुने हुँदा सवै लोकतन्त्रवादी मिलेर सयौंको बलिदानबाट प्राप्त गणतन्त्रलाई रक्षा गर्न लाग्नु पर्ने बताए ।

 

प्रतिक्रिया