

बागमती प्रदेशले माग्यो अधिकृतस्तरका १७४ कर्मचारी (सूचनासहित)

काठमाडौँ – बागमती प्रदेश लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक दुवै तहको छैटौं तहमा खुला तथा समावेशी प्रतिस्पर्धामार्फत आवदेन माग गरेको छ।
आयोगले आज (आइतबार) सूचना जारी गर्दै सामान्य प्रशासन, लेखापरीक्षण, तथ्यांक, शिक्षा, सिभिलल, आर्किटेक्ट, वातावरण, कृषि, वागवानी, भेटेरेनरीलगायत समूहमा विज्ञापन खुलाएको हो। आयोगले एक सय ७४ जना अधिकृतस्तरको छैटौं तहका कर्मचारी माग गरेको हो। प्रदेशका विभिन्न पालिकामा गरेर अधिकृत स्तरका १ सय ७४ जना कर्मचारी माग गरिएको प्रदेश लोक सेवा आयोग हेटौंडाले जनाएको छ ।
फागुन २ गतेभित्र अनलाइनमाध्यमबाट फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। भने थप दस्तुर तिरेर फागनु ९ गते सम्म आवदेन दिन सक्नेछ ।





