


पाल्पामा भएको सवारी दुर्घटनामा एकको मृत्यु

पाल्पा – पाल्पामा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । तिनाउ-३, झुम्सामा बस र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो।
शुक्रबार दिउँसो २ बजेतिर स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग १६ प १४८६ नम्बरको मोटरसाइकल र बुटवलबाट पाल्पातर्फ आइरहेको लु २ ख २४९ नम्बरको बस एकापसमा ठोक्किएको थियो ।
घटनामा मोटरसाइकल चालक स्याङ्जा चापकोट-५ का ४१ वर्षीय मोहनप्रसाद पाण्डेयको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि बस र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

