बसको ठक्करबाट पैदलयात्रीको मृत्यु 


बारा  – वीरगंज उपमहानगरपालिका–९ स्थित सडकमा बागमती प्रदेश –०६–००१ ख ०१२२ नम्बरको बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने २६ वर्षीया गुन्जना श्रेष्ठ रहेकी छन् । उनको शुक्रबार बिहान मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया