निर्वाचन आचारसंहिता विपरीत कोमल वलीको चुनावी भेलामा स्कूले विद्यार्थी


दाङ – दाङ क्षेत्र नं- ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कोमल वलीले विद्यार्थीलाई राखेर चुनावी भेला गरेकी छिन् ।

एमालेकी उम्मेदवार वलीसहित दाङ ३ ‘ख’ का उम्मेदवार हुकुम बस्नेतले आफ्नो चुनावी अभियानका क्रममा केहीदिन अघि दाङको एक विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकहरुलाई राखेर भेला गरेका थिए ।

निर्वाचन आचारसंहिता विपरीत स्कुलका विद्यार्थीलाई राखेर गरिएको चुनावी भेलाको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त तस्वीर दाङको बबई गाउँपालिका– १ गँगटेस्थित सरस्वती जनता माविको हो । विद्यालय श्रोतका अनुसार उम्मेदवार वली र बस्नेतले विद्यार्थीलाई चुनावी प्रचार सामाग्रीसमेत बाँडेका थिए ।

तर उक्त  विद्यालयका प्रधानाध्यापक नरेन्द्र साहुले भने सामाजिक सञ्जालमा भाइरल भएको तस्विर चुनावी भेला नभएको बताए बताउदै दिउँसो खाजा खाने समय भएकाले विद्यार्थीसँग सानो भेला गरेका बताएका छन् ।

 

प्रतिक्रिया