ललितपुर -३मा मन्त्री पम्फालाई टक्कर दिँदै एमालेका अमृत र स्वतन्त्रकी तोसीमा


ललितपुर – उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल ललितपुर क्षेत्र नम्बर ३ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवारको रुपमा प्रतिष्पर्धामा छिन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा यहाँ नेपाली कांग्रेस एक्लै बहुमतमा छ । त्यसैले कांग्रेस नेतृत्वको गठबन्धनबाट उम्मेदवार भएकी माओबादी केन्द्रकी भुषाल वाहिर बालियो भएको आंकलन गरे पनि कांग्रेस कार्यकर्ता र शुभचिन्तकको समर्थन, साथ र सहयोग अनिवार्य जस्तै देखिन्छ ।

अघिल्लो संसदीय निर्वाचनमा एमाले–माओबादी गठबन्धनबाट साझा उम्मेदवार भएकी पम्फालाई कांग्रेस उम्मेदवार मदनबहादुर अमात्यले एक हजारभन्दा कम मत पाएका कारण हराउन सकेनन् । तर यो पटक कांग्रेससँगै गठबन्धन गरेको कांग्रेसले पुनः भुषाललाई दिएपछि कांग्रेस बृत्तमा असन्तुष्टि चुलिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य जितेका अमात्य यो पटक ललितपुरको संसदीय निर्वाचनमा उम्मेदवार भएका छैनन् । कांग्रेसको तुलनामा १० प्रतिशत पनि जनमत नभएको ललितपुर क्षेत्र नम्वर ३ मा सत्ता गठबन्धनले माओबादीकी भुषाललाई साझा उम्मेदवार बनाएसँगै असन्तुष्ट बनेका नेता अमात्य अहिले भुषाललाई महंगो साबित हुने बताइन्छ ।

करिव ६० उमेर उमे पुगेकी भुषाललाई ४९ वर्ष उमेरका एमाले उम्मेदवार अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी ३३ वर्षीया डा.तोसीमा कार्की उम्मेदवार बनेका छन् । कांग्रेसको असन्तुष्टको भोट तोसीमा र खड्कामध्ये जतापनि जानसक्ने आंकलन गरिएको छ ।

अघिल्ले निर्वाचनमा झिनो मतले कांग्रेसका अमात्यलाई हराएकी भुषाललाई यो पटक भने त्यति सजिलो छैन । युवाहरुको लहर शहरी क्षेत्रमा बढ्दै जाँदा कार्कीको आकर्षण र चर्चाले भुषालाई घाटा हुन सक्छ । कांग्रेस केन्द्रीय सदस्य अमात्यले हालै सार्बजनिक गरेको एउटा भिडियोमा ‘म्याउ बादी भोट नदेउ’ अपिल गरेका छन् ।

उम्मेदवार भुषालको मुख्य सहयोगको भुमिकामा रहेका ललितपुरका परिचित माओवादकी केन्द्रका केन्द्रीय सदस्य एवं संविधान सभासदस्यका प्रत्यासी सरोज डंगोल र महानगर कमिटिका अध्यक्ष एवं बाबुराज बज्रचार्यसहित केन्द्रका ठूलो समूह पार्टी परित्या गरी एमाले प्रवेश गरिसकेकाले पनि भुषालाई चुनौति थपिन सक्छ । एमालेका खड्का तत्कालिन सैंबु गाविसका अध्यक्ष हुन् ।

डा.तोसीमा कार्कीलाई मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा नदिई लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी दर्ता खारेज गरे पनि सर्वोच्चले कामय गरेको थियो ।

कार्कीले काउन्सिल सदस्य भए बामत बैठक भत्ता मात्र बुझ्नु लाभको पद हो वा होईन भनी निवेदन दिँदा समेत आयोग चुपचाप बसेर कसैले दिएको उजुरीकै आधारमा कार्कीको उम्मेदवारी खारेज गरेपछि डा. कार्कीको उम्मेदवारीको चर्चा ललितपुरसहित मुलुकभर हुन थालेको छ ।

 

प्रतिक्रिया