


देशभर थप ५९ जनामा कोरोना पुष्टी, २१ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घन्टामा देशभर थप ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३६४२ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार देशभर थप २१ जनाले कोरोनाविरुद्ध जित हात पारेसँगै अहिलेको अवस्थामा ५५३ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै गत २४ घन्टामा देशभर ८९४५ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा कुनै पनि संक्रमितले कोरोनाकै कारण ज्यान गुमाएका छैनन् ।

