

प्रचण्ड भेट्न खुमलटार पुगे अमेरिकी राजदूत थम्पसन

काठमाडौं — नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
मंगलबार बिहान प्रचण्ड निवास पुगेर नवनियुक्त राजदूत थम्पसनले प्रचण्डलाई भेटेको प्रचण्ड सचिवालयले जनाएको छ । भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको थियो।
भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताएका थिए।
‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता छ। तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ उनले भने।
प्रचण्डले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताएका थिए।
प्रचण्ड र राजदूत थम्पसनको भेटमा प्रचण्ड सचिवालय सदस्य एवं छोरी गंगा दाहाल पनि उपस्थित थिइन् ।

