


तोसिमाले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै, के आउला फैसला?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटउपर आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । तोसिमाले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेकी थिइन् ।
ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएकी कार्कीले आफ्नो उमेदवारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन् ।
मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उमेदवारी खारेज गरेको थियो । सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन् ।
प्रारम्भीक सुनुवाइका लागि अदालतले आजलाई पेसी तोकेको छ ।

