‘बाजे वकिल भन्नु अवहेलना’ भन्दै सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध निवेदन पेस


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै आइतबार सर्वोच्च अदालतमा निवेदन पेस भएको छ।

ओलीमाथि कानुन व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप निवेदनमा छ।

वरिष्ठ अधिवक्ता कुमार शर्माले निवेदन पेस गर्दै ओलीलाई कारबाही माग गरेका हुन्। केही दिनअघि बाजे वकिल भनी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि व्यंग्य गर्नु अवहेलना भएको निवेदनमा जिकीर छ।

प्रतिक्रिया