उडान रद्दबारे नेपाल वायुसेवा निगमले माग्यो माफी


काठमाडौं – नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली-काठमाडौं उडान रद्दबारे माफी मागेको छ ।

सोमबार निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै विशेष कारणवस उडान रद्द हुन पुगेको बताउँदै सो बाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति दुख व्यक्तसहित क्षमा याचना माग गरेकी हुन् ।

आइतबार अर्थात् ३० अक्टोबर २०२२ को निगमको काठमाडौं–दिल्ली–काठमाडौंको उडान आरए–२१७/२१८ उडान र सोमबार ३१ अक्टोबरको आरए-२०५/२०६ उडान विशेष कारणवस रद्द भएको थियो ।

योसगै नागरिक उड्ययन प्राधिकरणले सोमबार निगमसँग स्पष्टीकरण माग गरेको थियो । निगमले यस्तो गल्ती अब नहुनेमा सचेत रहेको समेत सोही विज्ञप्तिमार्फत प्रतिवद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया