प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८९ अंकले बढेको छ । यससँगै सूचक १८६०.३९ विन्दुमा आएको छ । ८ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको १९ सय ६९ कित्ता सेयर कारोबार भएको छ ।

कुल ३१ वटा कारोबार भएको छ । यस सेसनमा १२ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया