रक्सीको कुरा गरेपछि आयोगले दिपक मनाङेलाई सोध्यो स्पष्टीकरण


काठमाडौं- निर्वाचन आयोगले गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ बाट उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (मनाङे)लाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता विपरीत अभिव्यक्ति दिएपछि आयोगले मनाङलेलाई स्पष्टीकरण सोधेको हो।

निर्वाचन खर्चबारे मनाङेले ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ… ३० लाखमा नेपालमा चुनाव जित्छ यार… मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले मनाङे उमेदवारी दिएको मनाङ प्रदेश सभा क्षेत्र नं. ‘ख’ का लागि तोकेको खर्चको सीमा रु. २३ लाख रहेको छ ।

 

प्रतिक्रिया