घोषणापत्र सार्वजनिक गर्दै एकीकृत समाजवादी


काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै छ । एकीकृत समाजवादीले आज दिउँसो १ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको हो । केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने कार्यक्रम तय भएको पार्टीले जनाएको छ ।

घोषणापत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ रहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ ।

 

प्रतिक्रिया