गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेसले फेरि जारी गर्यो सर्कुलर


काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय प्रचारप्रसार समितिले पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समितिका सदस्यहरूलाई अनुरोध गरेको छ ।

कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा प्रकाश शरण महतले शनिवार सर्कुलर जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई जिताउन क्रियाशील हुन आग्रह गरेका छन् । साथै उनले समानुपातिकतर्फ पार्टीको पक्षमा अत्यधिक मतदान गराउन मन वचन र कर्मले लाग्न निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया