एकीकृत समाजवादी कास्कीका सचिव एमाले प्रवेश


पोखरा –  नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अविर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरु देखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे ।

प्रतिक्रिया