८ बुँदे सहमति पछि भंगाहाको कर्फ्यु हट्यो


काठमाडाैं – अवस्था सामान्य बन्दै गएपछि महोत्तरीको भंगाहा नगरपालिका-८ पररियाटोलमा लगाइएको कर्फ्यु हटेको छ । दुई समूदायबीचको विवादका कारण बिहीबारदेखि सो स्थानमा कर्फ्यु लगाइएको थियो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए ।

कर्फ्यु हटाइएपछि अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। यससम्बन्धमा शुक्रबार ८ बुँदे सहमति भएको थियो गृह मन्त्रालयले एक छानबिन समिति समेत बनाएको छ।

प्रतिक्रिया