कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने


काठमाडाैं – नेपाली कांग्रेसले आज शनिवार आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो । घोषणापत्रलाई कांग्रेसले ‘संकल्प पत्र’ भनेको छ ।

तिहार अघि नै कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि तिहारपछिलाई सारिएको थियो । कांग्रेसले घोषणा निर्माणका लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो ।

प्रतिक्रिया