
भारतका पूर्वसचिव रमेश भन्छन्– नेपालमा हृदयेन्द्र नयाँ राजा, करण सिंह पठाऔं काठमाडौं
काठमाडौं–भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले नेपालमा नयाँ राजा हृदयेन्द्र शाहलाई बनाउने प्रस्ताव सहित छलफलका लागि भारतीय अधिकारी करण सिंहलाई काठमाडौं पठाउन सुझाव दिएका छन्।
भारत नेपालमा राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनस्थापनामा लाग्नुपर्ने सुझाव एउटा आलेखमार्फत दिएका हुन्। नेपालमा चीनको प्रभावलाई कम गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा नयाँ विकल्पको खोजी राजसंस्था हुने टेलिग्राफ इन्डियामा लेखेका हुन्।
गिरिजा प्रसाद कोइरालाले ‘बेबी किङ’ का रुपमा अघि सारेका हृदयेन्द्र उपयुक्त पात्र भएको उल्लेख गरेका उनले पूर्व राजा ज्ञानेन्द्र शाह सर्वसाधारणको जीवन निर्वाह गरिरहेको र पूर्व युवराज पारस शाह उपयुक्त पात्र नभएको लेखेका छन्।
हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग राम्रो सम्बन्ध पनि भएको लेख्दै उनले भनेका छन्,‘नेपालमा राजतन्त्रको मागसहित भएको आन्दोलनलाई भारतले रोक्न हुँदैन।’
राजसंस्था पुनःस्थापनाका लागि नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व लिनुपर्ने उनको सुझाव छ।
यो पनि पढ्नुहोस्
हृदयेन्द्र शाहको राजयोग कुण्डली र राजावादीको आन्दोलन



कागजपत्र |
