राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै इजलासमा निवेदन


काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा छापिएको सूचनाको आधिकारिकता जाँच गर्न माग गर्दै निवेदन परेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको जानकारी गराउने राजपत्रमा प्रकाशित सुचनाको वैधानिकताबारे बुझ्न भन्दै सर्वोच्चको संवैधानिक इजलासमा निवेदन पेश भएको छ।

आन्दोलदनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङ, शशी श्रेष्ठ, कृष्णभक्त पोखरले तथा रामकुमारी झाँक्रीले निवेदन दर्ता गराएका हुन्।

बिहीबार बसेको संवैधानिक इजालसको बहसमा राष्ट्रपतिले गरेको संसद् विघटन राजपत्रमा छापिएको छ की छैन भन्ने प्रश्न उठेपछि मात्र राजपत्रमा प्रकाशित गरिएको उनीहरूको आरोप छ। शुक्रबार मात्रै इजालसमा राजपत्रको सूचना पेस भएको थियो ।

प्रतिक्रिया