
ट्रकको ठक्करबाट जगदम्बा स्टिलमा कार्यरत मजदुरको मृत्यु
बारा – बाराको सिमरास्थित जगदम्बा स्टिलमा कार्यरत एक मजदुरको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
शनिबार राति जगदम्बा स्टिलमा कार्यरत करैयामाई गाउँपालिका- ५ का ४० वर्षीय रामसुरच चौधरीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई बिरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको थियो ।
अस्पताल पुर्याइए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । जगदम्बा स्टिलभित्र प्रवेश गर्न सडक छेउमा राखिएको प्रदेश २ ०३१६ नम्बरको लहरी ट्रकले सर्भिस लेनमा मजदुरलाई ठक्कर दिएको थियो ।



कागजपत्र |
