
प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेता वीरेन्द्रनगरमा
कर्णाली – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेता सुर्खेत वीरेन्द्रनगरमा पुगेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित लोकतान्त्रिक-बाम गठबन्धनको प्रदेशस्तरीय संयुक्त प्रशिक्षण एवं भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालसहित शीर्ष नेताहरु आज दिउँसो वीरेन्द्रनगर सुर्खेतमा पुगेका हुन् ।
उनीहरु सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको संयुक्त भेलालाई सम्बोधन गरेर यहाँ आएको नेपाली कांग्रेस प्रदेश कमिटीका प्रवक्ता दमन शाहीले बताए । उनका अनुसारमा भेलामा कर्णाली प्रदेशका दशवैट जिल्लाका उम्मेदवार तथा प्रत्येक दलबाट प्रतिनिधिमूलक नेताहरुको सहभागिता रहेको छ ।



कागजपत्र |
