

‘प्रधानमन्त्री ओलीको कदमले संविधानमा पहिरो गयाे’

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं जनता समाज पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमा पहिरो गएको बताएका छन् । उनले आज सामाजिक सञ्जालमा ट्विट गर्दै पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउन सक्ने बताएका हुन्।
चुनावमा जाँदा बिपीले खाएको धोका पनि नबिर्सन भन्दै स्मरण गराएका छन्।
‘ओली प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ। पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउनेछ। २०१४ सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बिपीले खाएको धोका नबिर्सौं । २०१७ पछिका तुलसी गिरी, केशरजंग नबनौं ।’ उनले ट्विटमा लेखेका छन् ।


