
यी ६ चुनिए नेकपा (विप्लव) का स्थायी समिति सदस्य
काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को नवौं केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकले ६ सदस्यीय स्थायी समिति गठन गरेको छ ।
नवौं महाधिवेशनपछि निर्वाचित केन्द्रीय समितिको बैठकले ६ जनाको स्थायी समिति सदस्य र २९ सदस्यीय पोलिटब्युरो गठन गरेको छ ।
स्थायी समिति सदस्यमा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, सन्तोष बुढामगर, अनिल शर्मा ‘विरही’, उमा भुजेल ‘सिलु’ र भरत बम ‘रणविर’लाई चयन गरेको हो ।
पोलिटब्यूरोमा २९ जना र चयन गरिएको छ । ८१ जना पूर्ण केन्द्रिय सदस्य ४५ जना बैकल्पिक सदस्य १३९ जना केन्द्रीय प्रतिनिधि समिति सदस्य चयन गरिएको नेकपा स्रोतले बताएको छ ।



कागजपत्र |
