पिएम कप क्रिकेटःप्रदेश २ ले सुदूरपश्चिमलाई १९६ रनको लक्ष्य


काठमाडौं – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई १९६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको प्रदेश २ ले ४२ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो ।

प्रदेश २ का लागि हरिशंकर शाहले सर्बाधिक ६० रन बनाएका छन् । त्यस्तै बिबेक शाहले ४१ रन बनाएका छन् भने मह्बूम आलमले २३, राहुल प्रताप सिंहले १२ र कुमार थापाले ११ रन बनाए ।

त्यसैगरी सुदूरपश्चिमका बलर शेर मल्ल र नरेन्द्र साउदले ३(३ विकेट लिए भने अरुण ऐरीले २ तथा हेमन्त धामी र भोजराज भाटले एक एक विकेट लिए ।

प्रतियोगितामा प्रदेश २ ले अहिलेसम्म खेलेका दुवै खेल हारेको छ भने सुदूरपश्चिमले अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया