सत्ता र पद लोभका कारण नेकपा विभाजन भयाे’


काठमाडाैं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनालको सत्ता र पद लोभका कारण नेकपा विभाजनको स्थितिमा पुगेको बताएका छन् ।

शनिबार ओली पक्षीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएको दाहालले जिम्मेवारी अनुसार पार्टी एकताको काम नगरी पार्टी नै फुटाएको आरोप लगाएका छन् ।

नेपाली काग्रेस, जनता समाजवादी लगायतका ठुला पार्टी चुनावको तयारीमा लागिरहेका बताउँदै दाहाल–नेपाल जनताबाट हारिने डरले प्रतिनिधि सभा पुनर्स्थापनाको रटानमा सडक आन्दोलन गरिरहेको पोखरेलले आरोप लगाए ।

प्रतिक्रिया