प्रचण्डले सार्वजनिक गरे ८ पृष्ठ लामो चुनावी प्रतिबद्धता पत्र


गोरखा – मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

शनिवार उनले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका छन् । गेम चेन्जर ९गुणात्मक० योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उनले योजनाहरु सार्वजनिक गरेका हुन् ।

गोरखा समृद्धिको मार्गचित्र नाम दिइएको प्रतिबद्धता पत्रमा गेम चेन्जर योजनाहरू अन्तर्गत संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भूभागलाई विशेष वा स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्ने, रणनीतिक महत्वको रुपमा रहेको बेनीघाट–आरूघाट–लार्के नाका सडक खण्ड निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया