मदिराको आयात गर्न प्रताव गर्ने पर्यटनमन्त्री श्रेष्ठविरुद्ध उजुरी


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन लागि परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दर्ता गराएको हो ।

निर्वाचनको सङ्घारमा आफैँ उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐनको बर्खिलाप भएको मञ्चले दिएको उजुरीमा उल्लेख छ ।

प्रतिबन्धित वस्तुको आयात निर्यातको अनुमति र निर्णय गर्ने निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको भन्दै मन्त्री श्रेष्ठले नेपाल सरकार कार्यविभाजन नियमावली विपरीत भएको पनि मञ्चको आरोप छ ।

प्रतिक्रिया