

बाहिर निस्केको पेट घटाउन अपनाउनुस् यी घरेलु उपाय !

काठमाडौँ – आजभोली मोटोपन समस्या मानिसको सवैभन्दा तनावकाे विषय बनिरहेको छ । धेरैले शुरुवातमा मोटोपनमा त्यति ध्यान नदिएपनि धेरै बढेपछि त्यसलाई घटाउन घण्टौं पसिना बगाउँछन् ।
तर मोटोपन घटाउनको लागि खानपीनमा ध्यान दिन जरुरी छ । केही प्राकृतिक चीजहरु यस्ता हुन्छन् । जसकाे प्रयोगले तौललाई नियन्त्रण गर्न सकिन्छ । यदि तौल घटाउन धेरै मेहनत गर्न सक्नुहुन्न भने यी घरेलु उपाय अपनाउनुहाेस् ।
निम्न उपाय अपनाई तपाँइले आफ्नो तौल घटाउन सक्नुहुन्छः
१. धेरै कार्बोहाइड्रेट भएको खाद्यपदार्थ त्याग्नुहोस् । चीनी, आलु र चामलमा कार्बोहाइड्रेट बढि हुन्छ । यसले बोसोलाई बढाउँछ ।
२. गहुँको रोटि मात्र खानुभन्दा गहुँ, भटमास र चना मिश्रित आटाको रोटि धेरै फाईदाजनक हुन्छ ।
३ दिनहुँ बन्दागोभीको सुप पिउनुहोस् । बन्दागोभीमा बोसो घटाउने गुण हुन्छ । यसले शरीरको मेटाबोलिज्म ( शरीरको रासायनिक परिवर्तन हुने प्रक्रिया ) लाई ठिक गर्दछ ।
४.मेवा नियमित रुपमा खानुहोस् । यो हरेक मौसममा पाईन्छ । लामो समयसम्म मेवाको प्रयोग गर्नाले यसबाट कम्मरको बोसो कम हुने हुन्छ ।
५. दही खानाले शरीरको अनावश्यक बोसो घट्दछ । मोहीको प्रयोग दिनको २–३ पटक गर्नुहोस् ।
६. पीपलको धुलो बनाई त्यसलाई कपडाले छान्नुहोस् । यस धुलोलाई हरेक बिहान मोहीसँग खानाले बाहिर निस्केको पेट भित्र पस्दछ ।
७. अमला र बेसारलाई बराबर मात्रामा पिसेर धुलो बनाउनुहोस् । यस धुलोलाई मोहीसँग खानुहोस् । यसबाट कम्मर पातलो हुन्छ ।
एजेन्सी

